Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

भदौ १९ गते विग सेल हुने, ४ सय ९९ मा मोबाइल किन्न पाइने

भदौ १९ गते विग सेल हुने, ४ सय ९९ मा मोबाइल किन्न पाइने

काठमाडौं, १७ भदौ । मोबाइल एप रिचार्जरले भदौ १९ गते विग सेल आयोजना गर्ने भएको छ । उक्त विग सेल एनआईसी एशिया बैंकको सहकार्यमा मोबाईल एप रिचार्जले सञ्चालन गर्ने भएको हो । उक्त ग्याजेट्स मेलामा ४ सय ९९ रुपैंयामा मोबाइल अफर चल्ने आयोजकले जनाएको छ । रिचार्जरका एक जना प्रयोगकर्ताले एउटा मात्र मोबाइल ४ सय ९९ रुपैयाँमा खरिद गर्न सक्ने छन् ।

भदौ १९ गते बिहीबार १२ बजेदेखि सुरु हुने अफर ४ घण्टासम्ममात्र चल्ने जनाइएको छ । रिचार्जरका प्रमुख कार्यकारी अधिकृत निराजन सिंहका अनुसार ४ घण्टा अवधिका लागि १० हजार थान मोबाइल बिक्री हुने अपेक्षा गरिएको छ ।

साथै एनआईसी एशिया बैंकसँगको सहकार्यमा रिचार्जरले वान प्लस सेभेन मोबाईल बुकिङ गर्दा १० प्रतिशतसम्मको क्यास व्याक दिने योजना पनि रिचार्जरले ल्याएको छ । योजना अनुसार एनआईसी एशिया बैंकको मोबाइल बैंकिङबाट वान प्लस सेभेन मोबाइलको रकम भुक्तान गर्दा १० प्रतिशत रकम ४८ घण्टा भित्रमा सेवाग्राहीको बैंक खातामा नगद फिर्ता हुने एनआईसी एशिया बैंकले जनाएको छ ।

अन्य फोन पे एपहरुबाट उक्त मोबाइलको रकम भुक्तानी गर्दा ५ प्रतिशत रकम तत्काल बैंक खातामा फिर्ता हुने रिचार्जरले जनाएको छ । त्यसै गरी रिचार्जरले पनि उक्त मोबाइल किन्दा ५ प्रतिशत रकम बराबरको क्यास व्याक प्वाइन्ट रिडिम गर्न सकिने व्यवस्था मिलाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x