२ हजार ८४२ ऋणीहरु कालो सुचीमा
काठमाडौ १८ भदौ । निर्धारित समयमा ऋण भुक्तानी नगर्ने ऋणीहरुको संख्या बढ्दै गएको छ । केन्द्रिय बैंकको तथ्यांक अनुसार गत आर्थिक बर्षमा २ हजार ८४२ ऋणीहरु कालोसुचीमा परेका छन् । अघिल्लो आवको तुलनामा यो संख्या करिब आधाले बढी हो । गत आवको सोही अवधिमा १ हजार ३३५ ऋणीहरु कालो सुचीमा परेका थिए ।
तथ्यांक अनुसार गत आवमा ६२८ ऋणीहरु कालो सुचीबाट हटेका छन् । अघिल्लो आवमा कालो सुचीबाट हट्ने ऋणीको संख्या ३४१ थियो । त्यस्तै, गत बर्ष १४ लाख ३९ हजार ६४८ ऋणखाता कायम भएको छ । अघिल्लो आवको सोही अवधिमा भने बैक तथा वित्तीय संस्थामा १३ लाख १ हजार १० ऋणखाता कायम थियो ।