एटिएम ह्याक अध्ययन समितिले बुझायो प्रतिवेदन
काठमाडौ १८ भदौ । गत शनिबार भएको एटिएम ह्याकका बिषयमा अध्ययन गर्न नेपाल राष्ट्र बैंकले गठन गरेको समितिले बुधबार प्रतिवेदन बुझाएको छ । समितिले बुझाएको प्रतिवेदनमा बैंक तथा वित्तीय संस्थाहरुले चिप र म्यागनेटिक स्ट्राइपमा आधारित एटिएम कार्ड प्रयोग गर्ने भएकाले ह्याक भएको हुन सक्ने उल्लेख गरेको छ ।
राष्ट्र बैंकले कार्यकारी निर्देशक बमबहादुर मिश्रको संयोजकत्वमा अध्ययन समिति गठन गरेको थियो । समितिले बुधबार नै गभर्नरलाई प्रतिवेदन बुझाएको छ । नेपालमा अधिकांश बैकले चिप र म्यागनेटिक स्ट्राईपमा आधारित कार्ड प्रयोग गर्दै आएका छन् । केही कम्पनीले मात्रै म्यागनेटिक स्ट्राईपमा आधारित कार्ड प्रयोग गर्छन् ।
गत शनिबार चाईनिज ह्याकरहरुले नेपालबाट बैंकहरुको बीआइएन प्रयोग गरी १ करोड ७५ लाख र भारतबाट १ करोड ५ लाख भारतिय रुपैयाँ निकालेका थिए । प्रहरीले ह्याकहरुलाई पक्राउ गर्न सफल भएको छ । पक्राउ परेका ह्याकर सहित नेपालका एटिएमबाट निकालिएको रकम समेत प्रहरीले फेला पारेको छ । तर, भारतबाट निकालिएको रकम भने फेला पार्न सम्भन नहुने अध्ययन समितिले बताएको छ ।
चाईनिज ह्याकरहरुले गत शनिबार सातवटा बैकहरुको एटिएम तथा आईबिएन नम्बर प्रयोग गरी रकम निकालेका थिए । प्रभु बैंकको २ करोड ४५ लाख रुपैयाँ निकालेका थिए । जुन सबैभन्दा धेरै रकम हो । ग्लोबल आईएमई बैकको ४६ लाख रुपैयाँ, जनता बैकका २५ लाख, माछापुच्छे« बैंकको २१ लाख, एनआईसी एशियाको १७ लाख, सिटिजन्सको ३ लाख ४५ हजार र जनता बैकको २ लाख रुपैयाँ निकालेका थिए ।