असोज पहिला साता देखि दशै टिकट बुकिगं खुल्ला हुने

काठमाडौं १९ भदौ । दशैमा घर जानेहरुले आगामी असोज पहिलो साता देखि टिकट बुकिग गर्न पाउँने भएका छन् । बुधबार यातायात विभाग, व्यवसायी बिच भएको छलफलमा असोज पहिलो साता टिकट बुकिगं खुल्ला गरिने प्रारम्भिक सहमती भएको छ ।

छलफलमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गाडीको विवरण संकलन गरी यातायात विभागलाई जानकारी दिने निर्णय भएको छ । सोही विवरणका आधारमा महासंघको विहिबार बस्ने बैठकले टिकट बुकिगंको मिति तय गर्ने बताईएको छ ।
छलफलमा व्यवसायीले यातायात समिति खारेजीपछि नयाँ बस नथपिएकोले व्यवस्थापन गर्न भने कठिन हुने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *