Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

फर्निचर एक्सपोको तयारी पुरा

फर्निचर एक्सपोको तयारी पुरा

काठमाडौं, १९ भदौ । फर्निचर तथा फर्निसिङ एक्स्पो फर्नेक्सको तयारी पुरा भएको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रदर्शनीस्थलको भौतिक काम बाहेकको सबै तयारी पुरा भएको आयोजक संस्थाले जानकारी दिएको हो । नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा यही भदौ २५ गतेदेखि सातौं संस्करणको फर्नेक्स २०१९ सुरु हुनेछ ।

बढ्दो आधुनिक जीवनशैलीसँगै बढ्दै गएको इन्टेरियर डिजाइनका लागि एक्स्पो उचित गन्तव्य हुने बताइएको छ । किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण रहने आयोजकको भनाई छ । यसैगरि कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीको आकर्षण बन्ने आयोजकको विश्वास छ ।

मौलिक तथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचरका उत्पादनका बारेमा जानकारी लिन सेवाग्राहीलाई एक्स्पो उचित गन्तव्य हुने फर्नेक्स २०१९ का संयोजक मनीष अग्रवालले बताए । नेपाली उत्पादनलाई प्राथमिकतामा राखिदिन आम उपभोक्तालाई आग्रह गर्दै संयोजक अग्रवालले नेपाल फर्निचरमा आत्मनिर्भर हुने बाटोमा अघि बढेको उनले बताए ।र

५ दिनसम्म चल्ने एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १ सय २० हाराहारीमा फर्निचर र फर्निसिङजन्य सामग्रीका स्टल रहनेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x