Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

एडिबीले लगानी गरेका उर्जा र पुनर्निर्माण बाहेक अन्य योजना कार्यान्वयनमा ढिलाई

एडिबीले लगानी गरेका उर्जा र पुनर्निर्माण बाहेक अन्य योजना कार्यान्वयनमा ढिलाई

काठमाडौं, १९ भदौ । एसियाली विकास बैंक (एडिबी) को सहयोगमा नेपालमा सञ्चालित अधिकांश आयोजनाहरु कार्यान्वयनमा ढिलाइ भएको छ। दाता, सरकार तथा कार्यान्वयनकर्ता निकायबीच आज राजधानीमा भएको त्रिपक्षीय समीक्षा बैठकमा सडक, शिक्षा र सहरी पूर्वाधारका आयोजना कार्यान्वयनमा ढिलाइ भएको एडिबीले जनाएको छ ।

तर भूकम्पपछिको पुनःनिर्माण र ऊर्जा उत्पादनसम्बन्धी परियोजनामा भने प्रगति गरेको पाइएको छ। एडिबीले ३१ परियोजनामा लगानी गरेको छ । त्यसमध्ये पुनःनिर्माण र ऊर्जा क्षेत्रको परियोजनाले लक्ष्यअनुसार नै गति लिएको छ । नेपालमा एडिबीको सहायता रकम करिब ३ खर्ब रुपैयाँ बराबरको पुगेको छ । सन् २०१८ मा ऋण रकम ५९ करोड २० अमेरिकी डलर पुगेको जानकारी दिइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x