Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट

साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट

काठमाडौं, १९ भदौ । साताको अन्तिम कारोबार दिन आज सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ३.७० अंकले घटेर ११९१.०७ को बिन्दुमा बन्द भएको छ। हिजो र अस्ति भने बजारमा लगातार बृद्धि भएको थियो ।

आज कारोबारमा आएका मध्ये जीवन बीमा र म्यूचुअल फन्ड बाहेक अरु सबै समूहको उपसूचकमा गिरावट आएको छ । सेयर कारोबार पनि १सय ७६ कम्पनीको २९ करोड रुपैयाँ बराबरको मात्र भएको छ । त्यसमा नेपाल लाईफ इन्स्योरेन्सको सबैभन्दा धेरै अर्थात १ करोड ५१ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । त्यस्तै सिटिजन्स बैंकको १ करोड ४४ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

सबैभन्दा धेरै कमाउनेमा भने आधिखोला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले परेका छन् । सो दिन लघुवित्तको सेयर मूल्यमा ९.७८ प्रतिशतले बृद्धि भएको छ भने धेरै गुमाउनेमा अरुण काबेली पावरका लगानीकर्ताहरु परेका छन् । कम्पनीको सेयर मूल्यमा ६.९१ प्रतिशतले गिरावट आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x