Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

लगानी र उत्पादकत्व अभिवृद्धि गर्न निक्षेप सेवा प्रदायकलाई अर्थमन्त्री खतिवडाको आग्रह

लगानी र उत्पादकत्व अभिवृद्धि गर्न निक्षेप सेवा प्रदायकलाई अर्थमन्त्री खतिवडाको आग्रह

काठमाडौं,२४ भदौ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले प्रविधिको उच्चतम् प्रयोगबाट लगानी बढाउने र उत्पादकत्व अभिवृद्धिमा केन्द्रित हुन निक्षेप सेवा प्रदायकहरुलाई आग्रह गरेका छन् । काठमाडौंमा जारी एशिया प्रशान्त क्षेत्रमा रहेका धितोपत्रको केन्द्रिय निक्षेप सेवा प्रदायक कम्पनीहरुको संगठन एशिया प्यासिफिक सेन्ट्रल सेक्युरीटिज डिपोजिटरी गु्रप (एसीजी)को २३ औं वार्षिक साधारणसभालाइ संवाेधन गर्दै मन्त्री खतिवडाले लगानी कर्ताहरु स्मार्ट रहेका भन्दै प्रविधीको उच्चतम प्रयोगमा जोड दिए । “आजका लगनीकर्ताहरु धेरै स्मार्ट छन् , नयाँ नयाँ प्रविधि प्रयोग गर्न चान्छन, कागज होइन मोवाइवमा सवै चिज समयै खोजेका छन्  । कसरी तिनीहरु अपेक्षा संवोधन गर्ने भन्ने विषयमा तपाइहरु केन्द्रित हुनु पर्दछ । अर्थमन्त्री खतिवडाले भने ।  

हाल वाणिज्य बैंकहरुको लगानीले मात्र सेयर बजार विस्तार गरेको बताउँदै उनले सेयर वजारमा सेक्युरीटि बन्ड, रियल सेक्टरलाई सेयर बजारमा भित्र्याउन लगानीकर्ताहरुलाई आग्रह गरे । ‘लगानी र उत्पादन भन्ने विषय तपाइ कसरी पुजी परिचालन गर्नु हुन्छ, कहाँ लगानी गर्नुहुन्छ र कति चाडो त्यो प्रक्रिया पुरा गर्नु हुन्छ भन्ने विषयले नै निर्धारण गर्दछ । तपाइहरु साचिकै लागानी कर्ताको मागलाई संवोधन गर्न सक्नु भयो भने मात्र सफल्ता मिल्छ । खतिवडाले भने ।  भर्चुवल अर्थतन्त्रमा केही समस्या र जोखिमहरु आएपनि त्यो छुटै छलफलको विषय रहेको खतिवडाको भनाइ छ ।

एशियाली सेयर बजारलाई विश्वको सबैभन्दा अब्वल सेयर मार्केट बनाउनु पर्ने जोड दिदै अर्थमन्त्री खतिवडाले एशियाको सेयर बजारले विश्वको सेयर बजारको लिड गर्ने गरी काम गर्न निक्षेप सेवा प्रदायकहरुलाइ आग्रह गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x