Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

प्राधिकरणको निर्णयलाई सदर गर्यो सर्वोच्चले, हेलो नेपालको इजाजतपत्र खारेज हुने

प्राधिकरणको निर्णयलाई सदर गर्यो सर्वोच्चले, हेलो नेपालको इजाजतपत्र खारेज हुने

काठमाडौ, ३० भदौ । सर्वोच्च अदालतले नेपाल स्याटेलाईट कम्पनीले (हेलो नेपाल) को विपक्षमा फैसला गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले इजाजतपत्र खारेज गरेपछि सर्वोच्च पुगेको कम्पनीको मुद्दामा अन्तरिम आदेश जारी गर्नु नपर्ने अदालतले फैसला गरेको छ ।
कम्पनीले प्राधिकरणलाई ८० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । प्राधिकरणले यसका लागि बारम्बार तोकता गर्दा पनि कम्पनीले कुनै चासो नदेखाए पछि इजाजत पत्र खारेजी गरेको थियो । खारेजी परेपछि कम्पनी सर्वोच्च अदालत पुगेको थियो ।

न्यायधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. मनोजकुमार शर्माको संयुक्त इजलासले उक्त फैसला गरेको हो । आफूले भुक्तान गर्नुपर्ने रकम नबुझाई आलटाल गरेको अवस्थामा कानुन बमोजिमको कारबाही र परिणाम व्यहोर्नु स्वाभाविक र नियमित प्रक्रिया भएको फैसलामा उल्लेख गरिएको छ । त्यसैले सुविधा सन्तुलनका दृष्टिले विचार गर्दा निवेदनको मागबमोजिम अन्तरिम आदेश जारी गर्नु मनासिब नदेखएिको फैसालमा स्पष्ट पारिएको छ ।

सर्वोच्चको आदेश अनुसार कम्पनीले प्राधिकरणलाई बक्यौता भुक्तानी गर्नुर्नेछ । कम्पनीले प्राधिकरणलाई फ्रिक्वेन्सी दस्तुर ७९ करोड ९२ लाख रुपैयाँ बुझाउनुपर्नेछ । प्राधिकरणले पहिलो किस्ताबापत ७ करोड १० लाख ६८ हजार ३ सय रुपैयाँ १५ दिनभित्र तिर्न गत १७ साउनमा पत्र पठाएको थियो । समयमा पनि बक्यौता नबुझाएपछि गत २ भदौमा दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र खारेज गरेको हो । गत १७ साउनमा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले हेलो नेपाललाई बक्यौता रकम तिर्न १५ दिन र ३ महिनाको अल्टिमेटम दिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x