Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

खारेजीमा परेका म्यानपावरलाई राहदानी र रकम फिर्ता गर्न निर्देशन

खारेजीमा परेका म्यानपावरलाई   राहदानी र रकम फिर्ता गर्न निर्देशन

काठमाडौं,३१ भदौ । खारेजीमा परेका म्यानपावर कम्पनीलाई तत्काल कामदारको राहदानी र रकम फिर्ता गर्न वैदेशिक रोजगार विभागले निर्देशन दिएको छ । खारेजीमा परेका ती मेनपावर कम्पनीमा कामदारको धेरै राहदानी र  भिषा आवदेनका लागि कामदारसँग संकलन गरिएको रकम  हुन सक्ने अनुमान गर्दै विभागले यस्तो निर्देशन दिएको हो । मेनपावर कम्पनीले बिनाकारण पनि कामदारको राहदानी ‘होल्ड’ गरेर राख्ने र अग्रिम रूपमा नै कामदारसँग मेनपावरले रकम लिने गर्दै आएका थिए  ।

यस्तै, विभागले कामदारसँग कुनै रकम कारोबार गरेको भए सो पनि फिर्ता गर्न खारेज भएका मेनपावरलाई निर्देशन दिएको छ । यस्तै सरकारले खारेज भएका मेनपावरबाट राहदानी फिर्ता माग्न कामदारलाई पनि आग्रह गरेको छ । विभागले त्यस्ता मेनपावरहरूलाई आफ्नो नामसहितको साइनबोर्ड हटाउन पनि निर्देशन दिएको छ । अहिलेसम्म सरकारले कुल १ हजार ५२७ वटा मेनपावर कम्पनी दर्ता गरेको थियो । त्यसमध्ये २११ वटा कम्पनी यसअघि नै खारेज भइसकेका थिए । केही महिनाअघि सरकारले बढाएको धरौटी रकम पूरा गर्न नसकेका ३०३ वटा मेनपावर कम्पनी खारेज भएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x