Date

शनि, साउन १२, २०८१
Sat, July 27, 2024

शहिद परिवारका सदस्यलाई ३८५ रुपैयाँमा नै दुर्घटना बिमा

शहिद परिवारका सदस्यलाई ३८५ रुपैयाँमा नै दुर्घटना बिमा

काठमाडौं, ३१ भदौ । निर्जीवन बिमा कम्पनीहरुले शहिद परिवारका सदस्यलाई ३ सय ८५ रुपैयाँमा नै दुर्घटना बिमा सुविधा दिने भएका छन् । बिमा समितिको निर्देशन अनुसार कम्पनीहरुले शहिद परिवारका लागि सहुलियपूर्ण दुर्घटना बिमा सुविधा योजना तयार पारेका हुन । बिमा समितिले संविधान दिवसको अवसरमा उक्त योजना घोषणा गर्ने तयारी गरेको छ ।

कम्पनीहरुले श्रम ऐन अनुसार शहिद परिवारका सदस्यको ७ लाख रुपैयाँ बराबरको बिमा गर्नेछन् । जस अनुसार प्रति व्यक्ति बिमाशुल्क ७ सय रुपैयाँ कायम हुन्छ । तर, कम्पनीहरुले ५० प्रतिशत छुट दिने तयारी गरेको बिमक संघका महासचिव एवम् सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बताए । साथै कम्पनीहरुले बिमितलाई प्रत्यक्ष बिमा गरे बापत १० प्रतिशत छुट समेत दिने भएका छन् । शहिद परिवारको सदस्यको परिचय पत्रका आधारमा बिमा सुविधा प्रदान गरिने कम्पनीहरुले बताएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x