Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

८ जना सञ्चयकर्तालाई घातक रोग बापत ४० लाख भुक्तानी गर्यो राष्ट्रिय बिमा कम्पनीले

८ जना सञ्चयकर्तालाई घातक रोग बापत ४० लाख भुक्तानी गर्यो राष्ट्रिय बिमा कम्पनीले

काठमाडौ ३१ भदौ । राष्ट्रिय बिमा कम्पनीले ८ जना सञ्चयकर्तालाई घातक रोग बापत ४० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । सोमबार एक कार्यक्रम बिच कम्पनीले सञ्चयकर्तालाई रकम उपलब्ध गराएको हो । सञ्चय कर्ताहरु शिवजी गुरुङ्ग, शान्ता थापा देउला, राधा देबी भट्टराई, नरेन्द्र कुमार श्रेष्ठ, शान्त बहादुर देउला, सावित्रि आचार्य, शान्त बहादुर भुजेल र लेखनाथ खतिवडालाई कम्पनीले दाबी रकम भुक्तानी गरेको हो ।

त्यस्तै, कम्पनीले हालसम्म ८५३ जना सञ्चयकर्तालाई औषधी उपचार बापत ३ करोड ८८ लाख बराबरको बिमा दावी भूक्तानी गरिसकेको छ । राष्ट्रिय बीमा कम्पनी लि. र कर्मचारी सञ्चय कोष बीच सञ्चयकर्ताहरुको १ लाख बराबरको औषधोपचार तथा १० लाख रुपैयाँ बराबरको घातक रोगको उपचारको लागि बिमा गर्ने सम्वन्धमा गत कार्तिक २८ गते सम्पन्न सम्झौता भएको थियो । सम्झौताको आधारमा गत मंसिर १ गते देखि बिमा लागू भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x