Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

कोशी तटीय क्षेत्रका बाढीको संभावना सतर्कता अपनाउन आग्रह

कोशी तटीय क्षेत्रका बाढीको संभावना सतर्कता अपनाउन आग्रह

काठमाडौं, ३१ भदौ ।  कोशी नदीमा पानीको बहाव बढ्दै गएपछि तटीय क्षेत्रमा बाढी र डुवानको खतरा रहेको भन्दै बाढी पूर्वानुमान महाशाँखाले सर्तकता अपनाउन आग्रह गरेको छ ।  कोशी नदीको जलसतहले सतर्कता तह पार गरेको भन्दै शाखाले मंगलबार बेलुकीसम्म उच्च सतर्कता अपनाउन कोशी तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ । सप्तकोशी नदीमा पानीको सतह बढेर ६.२२ मिटर पुगेको शाखाले जनाएको छ । कोशी नदीमा पानीको शतह ६ मिटरभन्दा माथी पुगेमा सतर्कता तह पार गरेको मानिन्छ। पानीको सतहले ७ मिटर पार गरेमा खतरापूर्ण मानिन्छ ।

शाखाका अनुसार कोशी नदीको चतरामा जलसतहले सतर्कता पार गरिसकेको छ । चतरा क्षेत्रमा जल सतह बढ्दा सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा डुवान तथा बाढीको खतरा बढेको शाखाले जनाएको छ पहाडी क्षेत्रमा वर्षा हुने क्रम जारी रहेकाले नदीमा पानीको सतह अझै बढ्ने संभावना छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x