सिद्धार्थ बैंकद्वारा २५.२६ प्रतिशत लाभांश वितरणको घोषणा

काठमाडौं, ३१ भदौ । सिद्धार्थ बैंकले २५.२६ प्रतिशत लाभांश दिने भएको छ । बैंकको हिजो बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र १५.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्विकृती भएपश्चात उक्त प्रस्ताव आगामी वार्षिक साधारण सभामा पेश गरिने छ । बैंकले ८६ करोड ८५ लाख ५७ हजार ३ सय १२ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, १ अर्ब ३५ करोड ६५ लाख २९ हजार ११४ रुपैयाँ नगद लाभांश बाँड्ने जनाइएको छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ८८ करोड रुपैयाँ रहेको छ भने प्रस्तावित बोनश सेयर पछि चुक्ता पुँजी ९ अर्ब ७७ करोड रुपैयाँ पुग्नेछ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *