महालक्ष्मी विकास बैंकको शाखा कोटेश्वरमा

काठमाडौं, ३१ भदौ । महालक्ष्मी विकास बैंक लिमिटेडले काठमाडौं महानगरपालिका वडा नं. ३२, स्थित कोटेश्वरमा शाखा कार्यालय विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका, विकास बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक ऋषिकेश भट्टले गरेका हुन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले ग्राहकहरुको आवश्यकतालाई उल्लेख्य रुपमा बैंकले सम्बोधन गर्दै आएको जानकारी दिए । साथै आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने तथा बैंकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन शाखा विस्तारको क्रमलाई निरन्तर दिने पनि प्रतिवद्धता जनाए ।
हाल बैंकले १ सय वटा शाखा कार्यालय तथा ३५ वटा एटीएममार्फत् सेवा दिँदै आएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *