Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

नयाँ लगानीकर्ता बजारमा प्रवेश गर्ने यो उपयुक्त समय हो : अर्थमन्त्री

नयाँ लगानीकर्ता बजारमा प्रवेश गर्ने यो उपयुक्त समय हो : अर्थमन्त्री

काठमाडौं, ३१ भदौं । अर्थमन्त्री डा.युवराज खतिवडाले पूँजी बजारको दोस्रो बजारमा नयाँ लगानीकर्ताहरुले प्रवेश गर्ने यो उपयुक्त समय भएको बताएका छन् । कर्मचारी सञ्चय कोषको ५८ औ बार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले दोस्रो बजारमा खेल्नेका लागि यो उचित समय भएको बताएका हुन् ।
मन्त्री खतिवडाले नागरिक लगानीकोष जस्ता सार्वजनिक संस्थालाई दोस्रो बजारमा क्रियाशिल हुन आग्रह गरेका छन् । बजार प्रति लगानीकर्ताको विश्वास बढाउँन सम्बन्धित वित्तीय क्षेत्रका सरोकारवाला निकायलाई उनले आग्रह गरेका छन् । ‘यतिबेला बैक तथा वित्तीय संस्थाहरुको नाफा बढेको छ । करको दायरा बढेको छ । आर्थिक बृद्धि भएको छ,’उनले भने ‘त्यसैले यो लगानीको लागि उपयुक्त समय हो,’ ।
कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले कर्मचारी सञ्चय कोषले प्राथमिक बजारमा खेलेको भूमिका महत्वूर्ण भएको बताए । तर, दोस्रो बजारमा जानका लागि कानुनी व्यवस्था नभएकाले अन्य सार्वजनिक संस्थालाई दोस्रो बजारमा सक्रिय हुन उनले आग्रह गरे । ‘हाम्रो लागि आवश्यक स्वपूँजी निर्माणका लागी पूँजी बजार बढाउँनुपर्छ । अहिले शेयर र बण्डको बजार पनि बढी रहेको छ । त्यसैले मुलुकको आर्थिक बृद्धिको लागि बजारमा लगानीको वातावरण बनाउँनु हुन म अनुरोध गर्छु,’ उनले भने ।

कार्यक्रममा कोषका अध्यक्ष शिशिर ढुंगानाले कोषले आगामी दिनमा आफनो लगानीको दायरालाई बढाउँनुपर्ने बताए । ‘अहिलेको अवस्था अनुसार हामी अगाडी बढ्न सक्दैनौ । हामीले लगानीलाई विविधिकरण गर्नुर्छ,’ उनले भने ।

कार्यक्रममा उत्कृष्ट कर्मचारी तथा लामो समय कोषमा काम गरेका कर्मचारीलाई सम्मान गरिएको थियो । त्यस्तै एसईई परिक्षामा उत्र्तिण भएका कर्मचारीलाई छोराछोरी पनि सम्मान गरिएको थियो । बार्षिक उत्सवका अवसरमा आयोजित खेलकुदका विजेता पनि पुरस्कृत गरिएको थियो ।
हाल कोषमा ६ लाख सञ्चयकर्ता छन् । कोषकटटी गरी पठाउँने कार्यलयको संख्या २६ हजार छ । कोषमा ३ खर्ब ९ अर्ब ८५ करोड मौज्दात छ । ३१ ऋर्ब ४५ करोड जगेडा कोष छ । ४ अर्ब ३९ करोड दायित्व छ । ३ खर्ब ४५ अर्ब कुल श्रोत छ भने ३ खर्ब ३८ अर्ब कुल लगानी रहेको छ ।

योगदान मुलुक निवृत्तभरण योजना सार्वजनिक
कर्मचारी सञ्चय कोषले ५८ बार्षिकउत्सवका अवसरमा योगदानमुलुक निवृत्तभरण योजना सार्वजनिक गरेको छ । यस योजनामा २०७६ साउन १ पछि नियुक्त हुने स्थायी निजामती सेवा, नेपाली सैनिक सेवा, नेपाल प्रहरी सेवा, सशस्त्र प्रहरी बल, नेपाल र नेपाली बिशेष सेवा कर्मचारीहरु सहभागी हुन सक्नेछन् । यस योजनामा सहभागी हुने कर्मचारीले मासिक तलबबाट ६ प्रतिशत कट्टा गरिने र सोही अनुपातमा नेपाल सरकारले योगदान हुनेछ । प्रत्येक ३ बर्षमा निवृत्तभरण रकम १० प्रतिशतका दरले बढीमा ५ पटक बढ्नेछ । २० बर्ष सेवा अवधि पुरा नहुँदै सेवामा नरहेमा कोषमा जम्मा भएको रकम, ब्याज रकम र मुनाफा रकम एकमुष्ठ भुक्तानी पाउँनेछन् । २० बर्ष सेवा अवधि पुरा भएका कर्मचारीहरुको व्यक्तिगत खातामा जम्मा भएको रकम निवृतभरण कोष ऐन २०७५ मा भएको व्यवस्था अनुसार भुक्तानी पाउँनेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x