निगमलाई कम्पनी मोडेलमा लैजान कार्यदलको सुझाव
काठमाडौ २ असोज । नेपाल वायुसेवा निगममलाई कम्पनी मोडेलमा रुपान्तरण गर्न निगम सुधार सुझाव कार्यदलले सुझाव दिएको छ । बुधबार सँस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भटट्राईलाई सुझाव प्रतिवदेन बुझाउँदै कार्यदलले कम्पनीमा सरकार, सार्वजनिक संस्थान, व्यवसायी, कर्मचारी तथा सर्वसाधारणलाई पनि सहभागी गराउँन सुझाव दिएको हो ।
गत साउन २२ गते सरकारले निगमको वर्तमान अवस्था, समस्या र समाधान सुझावका लागि कार्यदल गठन गरेको थियो । कार्यदलले ३१ औ दिनमा मन्त्रालयललाई प्रतिवदेन बुझाएको हो । कार्यदलले बुझाएको सुझावलाई कार्यतालिका बनाएर नै कार्यन्वयन गरिने मन्त्री योगेश भटट्राईले बताएका छन् । सुधार कार्य निगमको सांगठनिक परिवर्तनबाट नै गरिने उनले बताए । निगमको सुधारका लागि सरकार दायित्व थप गर्न तयार रहेको उनले स्पष्ट पारे । तर, यसका लािग तोकिएका व्यवस्थापकहरुले सरकारलाई विश्वास दिलाउँन पर्ने उनले बताए ।
कार्यदलले निगमको सुधार लागि गन्तब्यको विश्लेषण गरेर मात्रै उडान भर्नुपर्ने समेत सुझाव दिएको छ । त्यस्तै, पुराना जहाज प्रतिस्थापन गर्नुपर्ने, मानव संशासनमा लगानी गर्नुपर्ने, प्रविधिको अधिकत्तम प्रयोग गर्नुपर्ने लगायतका १३ वटा सुझाव दिएको छ । त्यस्तै, निगमले आम्दानीको हेलिकप्टर सेवा सञ्चालन गर्नुपर्ने, खाना खुवाउँने सेवा सुरु गर्नुपर्ने, हवाई तालिम केन्द्र स्थापना गर्नुपर्ने लगायतका सुझाव दिएको छ ।