ऊर्जामा लगानी गर्नु आफ्नै पुरपुरोमा बन्चरो हाने जस्तो भयोः व्यवसायी

काठमाडौं, १ असोज । सरकारले १० वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको भएपनि निजी क्षेत्रले जलविद्युत उत्पादन क्षेत्र धरसायी हुँदै गएको बताएका छन् । सरकारले गरेका प्रतिवद्धताहरु पुरा नगर्दा ऊर्जा उत्पादकहरुको लगानी धरासायी हुने स्थितिमा पुगेको लगानीकर्ताहरुले जनाएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (आईपीपीएएन)ले बुधबार काठमाडौंमा आयोजना गरेको ‘जलविद्युत आयोजनाहरुको अवस्था र लगानीमैत्री वातावरण’ अन्तरक्रिया कार्यक्रममा सहभागी ऊर्जा उत्पादकहरुले जलविद्युतमा लगानी गर्नु अहिलेको अवस्थामा दुर्भाग्य भएको बताका हुन् ।

आईपीपीएएनका उपाध्यक्ष कुमार पाण्डले सरकारले प्रतिवद्धता गरेका कुराहरु उचित रुपमा कार्यान्वयन गर्न नसकेकाले आयोजनाको लगानी उठ्न नसकेको बताए । आयोजना सुरु गर्दा सस्तोमा लिइएको ऋणको व्याज अहिले महँगिएकाले आयोजना निर्माण गर्न समस्या परेको उनले जानकारी दिए । ‘आयोजना सुरु गर्दा ८÷९ प्रतिशत व्याज तिर्न लिएको ऋण अहिले १३÷१४ प्रतिशत तिर्नु पर्ने अवस्था छ ।’ उनले भने–‘यसलाई सरकारी स्तरबाट व्यवस्थापन गर्न सकेन भने बन्दै गरेका आयोजनाहरुको लागत उठाउन पनि व्यवसायीहरुलाई धौ–धौ पर्ने छ ।’

त्यस्तै बैंकले लिने चर्काे व्याज र सरकारले निर्माण गरेको झण्जटिलो नीतिले नयाँ आयोजनाहरु निर्माण गर्नुभन्दा पनि निर्माणाधिन आयोजनाहरु नै बन्दगर्ने स्थिति आएको रुग्ण जलविद्युत आयेजना समन्वय समितिका संयोजक ई.सूर्यप्रसाद अधिकारीले जानकारी दिए ।

त्यस्तै उर्जा क्षेत्रमा दिन प्रतिदिन भ्रष्टाचार बढ्दै गएको र त्यसलाई सरकारले व्यवस्थापन नगरेको भन्दै अबका दिनमा यो क्षेत्र टाठ पल्टने स्थितिमा पुगेको सहभागीहरुको गुनासो छ । स्थायी सरकार बनेको भएपनि स्थानीय स्तरका नेता तथा कार्यकर्ताहरुले जलविद्युत उत्पादक व्यवसायीहरुसँग कमिसन माग्ने प्रवृत्ति मौलाउदै गएको सहभागिहरुको भनाई छ । कतिपय निर्वाचित नेपाहरुले नै ती त हाम्रा पार्टीका सहयोगी हुन भनेर कमिसन माग्ने गरेको अनुभव उनीहरुले सुनाए ।

त्यसैगरी कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधब प्रसाद नोपालले भ्रटचारी र कालो बजारीहरुले गर्दा नेपालको विद्युत मूल्य महँगो हुन पुगेको बताए । व्यवसायीहरुसँग उनले कुन–कुन नेताले कमिसन माग्छन् त्यसलाई पर्दाफाँस गर्न पनि आग्रह गरे ।

यसैबीच पूर्व अर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता डा.रामशरण महतले स्थानीय स्तरमा अनियन्त्रीत रुपमा भएको खर्च कटाएर जलविद्युत उत्पादकहरुलाई सहुलियत दिन सरकारसँग आग्रह गरे । नेपालको विकासको महत्वपूर्ण मेरुदण्डका रुपमा रहेको ऊर्जा क्षेत्रलाई सरकाले आवश्यकता अनुसार सहुलियत कर्जाको व्यवस्थापन गर्नु पर्ने उनको धारण थियो ।

नेपाल बैंकर्स एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्र बहादुर ढुङ्गानाले बैंकको व्यजदर समय अनुकुल परिवर्तन हुँदै जाने भएकाले त्यसमा केही गर्न नसकिने जानकारी दिए । जलविद्युतमा लगानी गर्नेहरुको यस्तो समस्यालाई राष्ट्र बैंकले नै सम्बोधन गर्नुपर्ने उनको भनाई छ । उनले जलविद्युत आयोजनामा लगानी गर्न बैंकलाई नै अब समस्या उत्पन्न भएको जानकारी दिए ।

हाल नेपालमा सरकारी स्तरबाट निर्माण गरी संचालना आएका आयोजनाहरुको संख्या ३० वटा छन् भने विद्युत उत्पादन क्षमता ५ सय ६३ मेगावाट छ । त्यसैगरी निजी क्षेत्रबाट संचालनमा रहेका आयोजनाहरुको संख्या ८३ वटा छन् भने विद्युत उत्पदन क्षमता ५ सय ६१ मेगावाट रहेकोे छ । निर्माणधीन अवस्थामा सरकारी ९ वटा ५ सय ५७ मेगावाट र निजी १ सय २० वटा २ हजार ६ सय १४ मेगावाट क्षमताका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *