डोल्मा इम्प्याक्ट फण्डको ५ औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं, १ असोज । डोल्मा इम्प्याक्ट फण्डले ५ औं वार्षिकोत्सव मनाएको छ । काठमाडौंमा डोल्मा ग्रुपले एक कार्यक्रम आयोजना गरी इम्प्याक्ट फण्डको ५ औं वार्षिकोत्सव मनाएको हो । उक्त कार्यक्रममा डोल्मा कन्सलटीङ्ग तथा डि.एफ.आइ.डि.द्वारा समर्थित डोल्मा हिमालयन इनर्जीको पनि शुरुवात गरिएको छ ।

डोल्मा इम्प्याक्ट फण्डले दुईवटा हाइड्रोपावर परियोजना, दुईवटा सोलरपावर परियोजना, तीनवटा टेक्ननोलोजी कम्पनी तथा दुईवटा स्वास्थ सेवासँग सम्बन्धित कम्पनीमा लगानी गरेको छ । उक्त फण्डले करिब ५ हजारभन्दा बढीलाई रोजगारी दिईरहेको जनाएको छ ।

त्यस्तै डोल्मा ग्रुपले विशेषज्ञताको पूरकका रुपमा डोल्मा कन्सलटीङ्गको शुरुवात गरेको छ । उक्त कन्सलटीङ्गको प्रमुख जोसेफ सिल्भान्स छन् । जोसेफ स्टाण्डर्ड चाटर्ड बैंकका भूतपूर्व प्रमुख कार्यकारी अधिकृत पनि हुन् । उनका अनुसार नेपालको निजी क्षेत्रको स्तर सुधारिएको र हाल बैंक, कर्पोरेट सेक्टर तथा इन्फास्ट्रक्चरका परियोजनामा अन्तर्राष्ट्रिय पुँजीको माग बढ्दै गएको छ । डोल्मा कन्सलटीङ्गले यस्ता अन्तर्राष्ट्रिय पुँजीको खोजी तथा परिचालनका लागि विभिन्न सेवाहरु प्रदान गर्ने उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *