सेञ्चुरी बैंकको शेयर सुचिकृत
काठमाडौं, २० पौष । नेपाल स्टक एक्सचेन्जमा सेञ्चुरी कमर्सियल बैंकको शेयर सुचिकृत भएका छन् । बैंकको ५१ लाख ६३ हजार ९४२.५० कित्ता शेयर नेप्सेमा सुचिकृत भएको हो ।
बैंकले अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई प्राप्ती गरेपछिको शेयर नेप्सेमा सुचिकृत गराइएको हो ।