Date

शुक्र, कार्तिक ९, २०८१
Fri, October 25, 2024

ललितपुरमा अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र निर्माणका लागि जग्गाको खोजी

काठमाडौं, १० असोज । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले ललितपुरको पुल्चोकमा अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र बनाउने तयारी गरेको बताएका छन् । ललितपुर उद्योग, वाणिज्य संघको ४० औं बार्षिक साधारण सभामा उनले पुल्चोकस्थित साझा यातायातको कार्यालय भवन वरिपरि अन्तर्राष्ट्रिय स्तरको सम्मेलन बनाउने गरी जग्गाको खोजी कार्यलाई अघि बढाइएको जानकारी दिए ।

कार्यक्रममा मन्तव्य दिदै अर्थमन्त्री खतिवडा

त्यस्तै, ललितपुरमै ‘सांसद आवास भवन’ निर्माण गर्ने सोचाई पनि सरकारले बनाएको उनले बताए । अर्थमन्त्री खतिवडाले ललितपुर कला र संस्कृतिको हिसाबले पनि अधिक सम्भावना भएको जिल्ला भएको हुनाले त्यसको विकासमा सरकार प्रतिबद्ध रहेको पनि बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x