सनराइज बैंकका विभिन्न शाखाद्वारा सरसफाइ गरियो

काठमाडौं, १० असोज । सान्राइज बैंकका विभिन्न शाखाहरुले १२ औं वार्षिकोत्सवको अवसरमा सरसफाई गरेका छन् । ‘सफा रहौं सफा राखौं- हामी संग संगै’ भन्ने नारासहित बैंकका मनमैजु, गौर, झुम्का, कावश्वती, तुल्सीपुर, दारचुला र जुम्ला शाखाहरुले सरसफाई कार्यक्रम गरेको बैंकले जनाएको छ । उक्त सरसफाई कार्यक्रम संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको हो ।

त्यस्तै बैंकले असोज महिनालाई १२ औं वार्षिकोत्सवपूर्ण महिनाको रmपमा मनाउन विभिन्न १२ विधामा देशभर कार्यक्रमहरु गर्दै जाने जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *