Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

सिटिजन्स बैंकको अध्यक्षमा भण्डारी चयन

सिटिजन्स बैंकको अध्यक्षमा भण्डारी चयन

काठमाडौं, १० असोज । सिटिजन्स बैंकको अध्यक्षमा राजनसिंह भण्डारी चयन भएका छन् । बैंकको आज सम्पन्न १३ औंं वार्षिक साधारण सभाले उनलाई सञ्चालक समितिमा चयन गरेको थियो । त्यस लगतै बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षमा सर्वसहमत चयन गरेको हो ।

उनी सिटिजन्स बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत हुन् । ७ महिना पहिले उनले बैंकको प्रमुख कार्यकारी अधिकृतबाट राजिनामा दिएका थिए । भण्डारीकै पहलमा स्थापित बैंकले उनको प्रवेशसँगै थप व्यवसायिक फड्को मार्ने अपेक्षा गरिएको छ ।

त्यस्तै सभाले बैंकको सञ्चालकमा प्रवलराज पाण्डे, सिता कार्की र साजन शर्मालाई चयन गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x