Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

प्रत्येक दिन दुई जना जेष्ठ नागरिकले हवाई सेवामा ५० प्रतिशत छुट पाउने

प्रत्येक दिन दुई जना जेष्ठ नागरिकले हवाई सेवामा ५० प्रतिशत छुट पाउने

काठमाडौं, १० असोज । प्रत्येक दिन दुई जना ७० वर्षमाथिका जेष्ठ नागरिकले हवाई भाडामा ५० प्रतिशत छुट पाउने भएका छन् । असोज १२ गते घटस्थापनाबाट लागु हुनेगरी आन्तरिक उडानको हवाई भाडामा वायुसेवा कम्पनीहरुले ५० प्रतिशत छुट दिने भएका हुन् ।

उक्त छुट पाउनका लागि जेष्ठ नागरिकाले स्वयम वायुसेवा कम्पनीको कार्यालयमा उपस्थित भएर आफू विपन्न र जेष्ठ नागरिक भएको प्रमाण पेस गर्नु पर्ने वायुसेवा सञ्चालक संघ, नेपालले प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएको छ । वायुसेवा कम्पनीले प्रत्येक दिन विपन्न जेष्ठ नागरिकलाई यो सेवा उपलब्ध गराउने जनाईएको छ । उक्त छुट सुविधा अपर लिमिट हवाई भाडामा मात्र लागु हुने जनाईएको छ ।

त्यस्तै स्टल रुटमा हवाई सेवा सञ्चालन गर्ने वायुसेवा कम्पनीले प्रतिसेक्टरमा १ जना विपन्न जेष्ठ नागरिकलाई मात्र यो सुविधा उपलव्ध गराउने छन् । पर्यटनमन्त्री योगेश भट्टराईले गत भदौ १० गते ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई निःशूल्क हवाई टिकट उपलब्ध गराउने घोषणा गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x