Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

उपेन्द्र महतो भन्छन्– एनआरएनको चुनाव भए जान्छु, दलको चुनावमा जान्नँ

उपेन्द्र महतो भन्छन्– एनआरएनको चुनाव भए जान्छु, दलको चुनावमा जान्नँ

काठमाडौं, २९ असोज । गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले गैर आवासीय नेपाली संघभित्र राजनीति हावी भएको भन्दै असन्तुष्टी व्यक्त गरेका छन् । मंगलबार एनआरएनएको नवौं विश्व सम्मेलनको उद्घाटन सत्रमा उनी देखिएनन् । संस्थाभित्र राजनीतिकरण बढ्दै गएको भन्दै असन्तुष्ट देखिएका उनले दलीय आधारमा निर्वाचन भए निर्वाचनमा समेत सहभागी नहुने बताएका छन् ।

‘गैर आवासीय नेपाली अभियानको मर्म र भावना विपरित गए यो संस्थाले उद्देश्य प्राप्त गर्न सक्दैन,’ उनले भने, ‘संस्थामा विचलन नआओस् भनेर हामीले सजग गराउनुपर्छ । म यसमा सक्रिय रुपले लागेको छु ।’ उनले विश्व सम्मेलनको उद्घाटन सत्र बहिष्कार नगरेको बताए । ‘दलीय आधारमा निर्वाचन नहोस् भनेर म त्यही कसरतमा व्यस्त छु,’ उनले भने । संस्थापक र अग्रजको कुरा सुनिदैंन र दलीय आधारमा निर्वाचन हुने स्थितिमा आपूmले निर्वाचनमा सहभागी नहुने उनले बताए ।
‘एनआरएन मात्रको चुनाव भए जान्छु, दलको चुनावमा जान्नँ,’ उनले भनेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *