विश्व बैकको ऋण सहायतामा नागढुङ्गा मुग्लिन सडकखण्ड विस्तार गरिने
काठमाडौं, २९ असोज । विश्व बैकको ऋण सम्झौतामा नागढुङ्गा मुग्लिन सडकखण्ड विस्तार गरिने भएको छ । करिब २० अर्ब रुपैयाँ लगानीमा उक्त सडकखण्ड विस्तार गर्न लागिएको हो । आगामी जनवरीदेखि विस्तार थाल्ने गरी गृहकार्य सुरु भएको छ। विश्ब बैककै ऋण सहायतामा यस अघि नारायणगढ मुग्लिन सडक विस्तार भएको हो ।
करिव ९६ किमी लम्वाईको नागढुङ्गा मुग्लिन सडकखण्ड सडक निर्माण थालेको ३ बर्षमा सक्ने लक्ष्य राखिएको छ। विस्तारका लागि ड्रईङ डिजाईन समेत तयार भैसकेको छ। गत अगष्टमा नै डिपिआर तयार पारिएको हो। वातावरणीय प्रभाव मुल्याङकन (ईआइए) समेत तयार भैसकेको छ।
विश्व बैंकले सन् २०१८ मा केहि वातावरण सम्बन्धी गाईडलाईन परिवर्तन गरेकाले ईआइएपछि गरिने अध्ययन भैरहेको छ। त्यस्तै अहिले इण्डियन कम्पनीले रेट अफ रिटर्नु अध्ययन गरिरहेको छ। केहि समयभित्रै दुवै अध्ययन पूरा हुनेछ।
त्रिशुली नदीको पारिपट्टी अर्को दुई लेनको सडक बनाउन लागिएको छ। फिस्लिङदेखि विशालटारम्म विकल्पमा रुपमा त्रिशुलीपारीको सडक प्रयोग गर्न लागिएको हो। फिस्लिङदेखि विशालटारम्म विकल्पमा रुपमा त्रिशुलीपारिको सडक प्रयोग गर्न लागिएको छ। वारिपारि गर्नका लागि दुई नयाँ पुल समेत निर्माण हुनेछ।विस्तार हुन लागेको यो सडक निर्माण सुरु हुन लागेको नागढुङगा नौविसे सुरुङमार्गसंग जोडिनेछ। उकालो स्थानका लागि डिजाईनमै व्यवस्था गरेर तीन लेनको बनाउन लागिएको छ। करिव ४ किमी खण्डमा यस्तो लेन थप्न लागिएको हो। मालवाहक ट्रकहरुलाई बिग्रदा अरु सवारीसाधन सजिलै पास हुन र ओभरटेक समेत गर्न सकियोस् भनेर तीन लेनको डिजाईन गरिएको छ ।