भिवोर क्यापिटल मुक्तिनाथ क्यापिटलमा परिणत
काठमाडौं, ३० असोज । मुक्तिनाथ विकास बैंकले भिवोर क्यापिटललाई आफ्नो सहायक कम्पनीको रुपमा सञ्चालन गरी मुक्तिनाथ क्यापिटलमा रुपान्तरण गरेको छ । कम्पनीको जारी पूँजीमा ५१ प्रतिशत सेयर लगानी गरी बैंकले सहायक कम्पनीको रुपमा सञ्चालन गरेको हो ।
बैंकले कृषि क्षेत्रको प्रवद्र्धनको लागि मुक्तिनाथ कृषिकम्पनी र पूँजीबजार प्रवद्र्धनको लागि मुक्तिनाथ क्यापिटलमा लगानी गरी सेवाको दायरालाई फराकिलो बनाउने प्रयास गरेको जनाएको छ ।
हाल बैंकले १ सय २३ शाखा कार्यालयबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।