माहुली लघुवित्तले २० प्रतिशत बोनस सेयर दिने निर्णय
काठमाडौं, ३० असोज । माहुली लघुवित्त वित्तीय संस्था लिमिटेडले चुक्ता पुँजीको २० प्रतिशतका दरले बोनस सेयर र ११.५७९ प्रतिशतका दरले नगद लाभांश निर्णय गरेको हो । कम्पनीको बुद्यबार बसेको ९५ औं बैठकले उक्त निर्णय गरेको हो ।
हाल कम्पनीको चुक्ता पुँजी १० करोड २० लाख रुपैयाँ रहेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भएपछि साधारण सभामा पेश गरिने छ ।