Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

युनाइटेड फाइनान्सले एस्.वी. सोलुसन्ससँगको सहकार्यमा कर्जा प्रक्रियालाई अटोमेसन र डिजिटाजेसन गर्ने

युनाइटेड फाइनान्सले एस्.वी. सोलुसन्ससँगको सहकार्यमा कर्जा प्रक्रियालाई अटोमेसन र डिजिटाजेसन गर्ने

काठमाडौं, ३० असोज । युनाइटेड फाइनान्स लिमिटेड र एस् वी. सोलुसन्स् प्रा. लि. बीच आन्तरिक कर्जा प्रक्रियालाई डकुमेन्ट मेनेजमेन्ट सिस्टमद्वारा अटोमेसन र डिजिटाजेसन गर्ने लगायत ग्राहकलाई अनलाइल लोन इलिजीबिलिटी सेवासमेत प्रदान गर्नेबारे सम्झौता भएको छ । युनाइटेड फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्र र एस् वी. सोलुसन्स्का अध्यक्ष विपुल ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार डकुमेन्ट मेनेजमेन्ट सिस्टममा उल्लेख भएबमोजिम अब बैंकले आन्तरिक कर्जा र स्वीकृति प्रक्रियालाई अटोमेट र डिजिटाज्ड गर्न सक्नेछ । युनाइटेड फाइनान्सले प्रदान गरेको अनलाइन पोर्टलबाट अनलाइल लोन इलिजीबिलिटी सेवा उपयोग गरि ग्राहकले जुनसुकै लोन प्रोडक्टका लागि अनलाइल मार्फत लोन इलिजीबिलिटी चेक गर्न सक्ने र सोको लागि निवेदन समेत गर्न सक्नेछन् । युनाइटेड फाइनान्सले देशका बिभिन्न भागमा रहेका १५ शाखा मार्फत ५० हजार भन्दा बढि ग्राहकलाई सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x