Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

कञ्चनपुर मझगाउँ विमानस्थलको सम्भाव्यता अध्ययन गरिंदै

कञ्चनपुर मझगाउँ विमानस्थलको सम्भाव्यता अध्ययन गरिंदै

कञ्चनपुर, ३० असोज । झण्डै दुई दशकदेखि बन्द रहेको कञ्चनपुरको मझगाउँ विमानस्थलको सम्भाव्यता अध्ययनका लागि प्राविधिक टोली महेन्द्रनगर पुगेको छ । रियलपात ईन्जिनियरिङ्ग कन्सलटेन्सीको पाँच सदस्यीय प्राविधिक टोली महेन्द्रनगर पुगेको हो । टोलीले चार पाँच दिनभित्र प्राविधिक विषयको अध्ययन गरेर नागरिक उड्डयन मन्त्रालयमा प्रतिवेदन बुझाउने जानकारी गराएको छ ।

७२ सिटका जहाज संचालनका लागि एक हजार ८ सय ८० मिटरको रनवे आवश्यक पर्ने भएकाले जमिनको व्यवस्थापन हुन सके विमानस्थल संचालनमा आउने प्राविधिकले जानकारी गराएका छन् । विमानस्थका लागि झण्डै एक सय ७० विघा जमिन आवश्यक पर्ने र मझगाउँ विमास्थलको ६५ विघा क्षेत्रफल रहेकाले अझै एक सय १० विघा जमिन अधिग्रहण गर्नुपर्ने देखिन्छ ।

विमानस्थलको क्षेत्र विस्तारका लागि बस्तीलाई विस्थापित नगरे शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ८० विघा जमिन अधिकरण गर्नुपर्ने र बस्तीको ३५ विघा जमिन लिए निकुञ्जको ४५ विघा जमिन अधिकरण गर्नुपर्ने छ । भीमदत्त नगरपालिकाले चालु आर्थिक बर्षमा विमानस्थलको नाममा २० लाख बजेट विनियोजन गरेको गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x