Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

एनआरएन भन्छन्ः नेपालमा लगानीको असुरक्षाले स्वदेश फर्कन सक्ने अवस्था रहेन

एनआरएन भन्छन्ः नेपालमा लगानीको असुरक्षाले स्वदेश फर्कन सक्ने अवस्था रहेन

काठमाडौं, ३० असोज । गैर आवासीय नेपाली संघ(एनआरएनए)को ९ औं विश्व सम्मेलन काठमाडौंमा चलिरहेको छ । २८ गतेदेखि सुरु भएको सम्मेलन एनआरएनएको नेतृत्व चयन गर्दै आज सम्पन्न हुने छ । उक्त सम्मेलनमा भाग लिन ८१ देशबाट २५ सय गैर आवसीय नेपाली (एनआरएन)का प्रतिनिधिहरु काठमाडौंमा आएका छन् ।

उनीहरुलाई आफ्नो देश फर्कंदा स्वर्गमा गए जस्तै लाग्छ । सायद विदेशको दिन रातको काम र आफ्नो व्यवसायमा गर्नु परेको मेहनतले होला । उनीहरु नेपाल विश्वको एक सुन्दर देश हो भन्छन् । त्यै पनि उनीहरु आफ्नो परिवारसँगै विदेशमा वस्न बाध्य छन् । कतिपयले यहाँको राजनीतिक खेल र भद्रगोल कानुनी व्यवस्थाको कारण आफूहरु विदेशिन बाध्य भएको बताउछन् ।

लगानी सुरक्षित हुनेमा विश्वस्त छैनौं
करिव २० वर्ष देखि अष्ट्रेलिया बस्दै आएका मणिरत्न सापकोटाको पुखौली घर गुल्मी हो । एनआरएनहरुलाई नेपाल फर्केर आउन मन लागेपनि नेपालमा लगानीको वातावरण नभएकाले असुरक्षित महसुस गरेको सापकोटाले बताए । नेपाल पहिलेको तुलनामा केही फरक भएपनि विदेशीहरुलाई अझै लगानी गर्ने वातावरण नबनेको उनले बताए । उनी भन्छन्–‘विदेश गएका नेपालीहरुलाई नेपाल फर्कने मन हुन्छ । तर, विदेशमा कमाएर ल्याएको धन नेपालमा लगानी गर्न अझै पनि असुरक्षित महसुस सबैलाई भएको छ । त्यसैले उनीहरुमा नेपाल फर्कने इच्छा हुँदैन् ।’ विदेशमा बस्ने सबै नेपालीहरुलाई नेपालको मायाँ लाग्ने गरेपनि सरकारको भद्रगोल नीतिको कारण विदेशमा कमाएको धन नेपालमा ल्याएर लगानी गर्ने वातावरण नभएको उनको बुझाई छ ।

त्यस्तै पुखौली घर बागलुङ भएका राम खड्का १४ वर्षदेखि बेलायतमा व्यवसाय गर्दै आएका छन् । उनी त्यहाँ होटेल व्यवसाय गर्छन् । उनको पनि नेपाल प्रतिको बुझाई सापकोटा कै जस्तो छ । उनले १४ वर्ष अगाडीको नेपाल र अहिलेको नेपालमा केही फरक पाएका छैनन् । नेपाल फर्कने मन भएपनि यहाँको शासन व्यवस्थाले गर्दा फर्केर आउँन नसकेको उनी बताउँछन् । उनी भन्छन्–‘नेपाली जुन सुकै देशमा गएर एनआरएन भएको भएपनि उसलाई नेपाल प्रतिको मायाँ छ । यहाँ हामी बसेको देशको जस्तो सुरक्षा हुने हो भने अर्काको देशमा दुःख गर्ने रहर कसैलाई हुने थिएन होला । नेपालमा सिष्टमको विकास हुन सकेन् ।’

त्यसैगरी अर्का एनआरएन होमनाथ शर्मा पनि देशमा लगानीको सुरक्षा नभएको बताउँछन् । विदेशमा बस्ने सबैले नेपालको मायाँ गरेपनि याहाँ लगानीको सुरक्षा नहुने महसुसले विदेशी भूमिमा लगानी गर्न बाध्य भएको उनी बताउँछन् । युएईमा ट्राभल सम्बन्धी व्यवसाय गर्दै आएका फडिन्द्र ढकाल सरकारले एनआरएनहरुको लगानीलाई प्रोत्साहन नगरेको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x