कात्तिक १९ देखि काठमाडौंमा इन्डोनेशिया–नेपाल बिजनेश फोरमको बैठक हुने

इन्डोनेशिया , ३० असोज । आगामी कात्तिक १९ गते देखि काठमाडौंमा इन्डोनेशिया–नेपाल बिजनेश फोरमको बैठक हुने भएको छ। इन्डोनेशियामा जारी ३४ औं व्यापारिक मेलाको अवसरमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा नेपालमा बैठक आयोजना गर्नेबारे जानकारी दिइएको हो ।

बैठकमा दुबै देशका उद्योगी, व्यवसायीहरुको सहभागिता रहने छ । नेपालमा हुने सो बैठकले दुई देशबीचको व्यवसायीक साझेदारीसँगै लगानीको बाटो खुल्ने नेपालका लागि इन्डोनेशियाका राजदूत रिनो पि सोएमर्मोको विश्वास छ ।

त्यस्तै इन्डोनेशियामा जारी मेलामा सहभागि आइएमई ग्रुपका प्रतिनिधि उपेन्द्र घिमिरेले खाद्यन्न, तयारी पोषाक, चिया, कफि, इलेक्ट्रिक सवारी साधन उत्पादन गर्ने उद्योगी, व्यवसायीहरु काठमाडौंमा हुने बैठकमा सहभागि हुन आउने जानकारी दिए ।

नेपालमा लगानीका लागि इन्डोनेशियाका व्यवसायीहरुले इच्छा जाहेर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *