Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

गैर आवासिय संघले एक नेपाली एक विदेशी साथी नेपाल पठाउ अभियान सुरु गर्ने, श्रमिक कल्याणकारी कोषलाई १ करोड अनुदान

गैर आवासिय संघले एक नेपाली एक विदेशी साथी नेपाल पठाउ अभियान सुरु गर्ने, श्रमिक कल्याणकारी कोषलाई १ करोड अनुदान

काठमाडौ ४ कार्तिक । नेपाल भ्रमण बर्ष २०२० मा लाई सफल बनाउँन गैर आवासिय संघले ‘एक नेपालीले एक विदेशी साथी नेपाल पठाउँ’ अभियान सुरु गर्ने भएका छन् । गैरआवासिय नेपाली संघका नवर्विाचित अध्यक्ष कुमार पन्त र नेपाल भ्रमण बर्ष सचिवालयका संयोजक सुरक्ष बैध बिच नेपाल भ्रमण बर्षलाई सफल बनाउन १७ वटा समझदारी भएको छ । समझदारी अनुसार सचिवालयले सबैभन्दा बढी विदेशी पठाउँने व्यक्ति वा संघलाई सम्मान गर्न भएको छ ।

त्यस्तै संघले ‘आफनो परिवार र साथीहरुका साथ विदा मनाउँन नेपाल जाउ’ भन्ने अभियान पनि सुरु गर्ने भएका छन् । विश्वभर रहेका गैरआवासिय नेपालीलाई विदा मनाउँन नेपाल नै जान प्रेरित गर्ने यस्तो खालको अभियान चलाउँने भएका हुन् । त्यस्तै, संघले विदेश स्थित नेपाली दूतावास र नियोगहरुमा ‘भ्रमण बर्ष प्रबद्र्धन कक्ष’ स्थापन गर्न आवश्यक जनशक्ति उपलब्ध गराउँने भएका छन् ।

साथै प्रत्येक नेपालीले आफनो विदेशी रोजगारदाता, साझेदारी संघ संस्थालाई पनि नेपाल भ्रमणका लागि निमन्त्रणा गर्नेछन् । कम्तिमा पनि ५० वटा मुलुकमा मिस एनआरएनए इन्टरनेशनल प्रतियोगिताको आयोजना समेत गरिने भएको छ ।

त्यस्तै, गैरआवसिय नेपाली संघले श्रमिक कल्याणकारी कोषलाई १ करोड ६ लाख रुपैयाँ अनुदान प्रदान गर्ने भएको छ । संघको अन्तराष्ट्रिय समन्वय परिषद्को पहिलो बैठकले बैदेशिक रोजगारी गएका पिडित कामदारहरुको सहयोग लागि कोषलाई अनुदान दिने भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x