राष्ट्रिय वाणिज्य बैंकको ‘आरबीबी मोबाईल बैंकिङ्ग’ महामेलामा ५ जना विजयी

काठमाडौं, ३ कात्तिक । राष्ट्रिय वाणिज्य बैंकको ‘आरबीबी मोबाईल बैंकिङ्ग’ महामेलाका ५ जना विजयीहरुलाई पुरस्कार वितरण गरिएको छ । उनीहरुलाई भाद्र १८ गतेदेखि असोज ३० गतेसम्म एफवान सफ्टको सहकार्यमा संचालन गरिएको ‘आरबीबी मोबाईल बैंकिङ्ग’ महामेलामा करिब ७३ हजार कारोबारबाट र्यान्डम्ली छनौट गरिएको हो ।

कार्यक्रमा कैलाश सुवालले थाइलैण्ड भ्रमणको कपल टुर मेगा पुरस्कार प्याकेज पाएका छन् भने सनम राई, ध्रुबकुमार शाही, प्रकाश बोहोरा, हिरा खनाल पोखरेल र सुजन पराजुलीले एक–एक थान मोवाइल फोन सेट पुरस्कार प्राप्त गरेका छन् । विजयीहरुलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत केशबप्रसाद लम्साल र एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले पुरस्कार हस्तान्तरण गरेका हुन् । हाल राष्ट्रिय वाणिज्य बैंकका १० लाख भन्दा बढी मोबाइल बैंकिङ्गका ग्राहकहरु रहेको जनाएको छ ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लम्सालले बैंकले विभिन्न युवा लक्षित कार्यक्रम मार्फत युवा ग्राहकहरुलाई बैंकमा आकर्षण गर्न खोजिरहेको बताए ।
हाल बैंकले २ सय ३८ वटा शाखा कार्यालय, २ सय ५ वटा एटीएम र ९३ वटा शाखा रहित बैंकिङ्ग सेवामार्फत् सेवा दिँदै आएको छ । गत आर्थिक वर्ष २०७५÷०७६ मा ५ अर्ब ३२ करोड रुपैंया खुद मुनाफा बैंकले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *