व्यापारिक सम्बन्ध अभिवृद्धिमा नेपाल र भारतका व्यवसायीले सहकार्य गर्ने

काठमाडौं, ३ असोज । नेपाल र भारतका व्यवसायीहरुले द्विपक्षीय व्यापारीक सम्बन्ध अभिवृद्धिमा सहकार्य गर्ने भएका छन् । नेपाल चेम्बर अफ कमर्स र ट्रेड प्रमोशन काउन्सिल अफ इण्डिया (टिपिसिआइ)का पदाधिकारीबीच आज भारतमा भएको छलफलमा दुई देशीय व्यापरीक सम्बन्ध अभिबृद्धि गर्नेबारे छलफल भएको हो ।

छलफलमा नेपालका व्यवसायीहरुको प्रतिनिधित्व गरेका चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल भारतसँग पर्यटन, कृषि, जडिबुटीको उत्पादनदेखि निकासी प्रवद्र्धन गर्नमा सहकार्य गर्न तत्पर रहेको बताए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *