प्रभु बैंकको एक्स्टेन्सन काउण्टर चितवन जिल्ला प्रशासन कार्यलयमा
काठमाडौं, ६ कात्तिक । प्रभु बैंकले चितवनको भरतपुर महानगरपालिकास्थित जिल्ला प्रशासन कार्यलयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्स्टेन्सन काउण्टरको उद्घाटन चितवनका प्रमुख जिल्ला अधिकृत जितेन्द्र बस्नेतले गरेका हुन् ।
बैंकको एक्स्टेन्सन काउण्टर खुलेसँगै जिल्ला प्रशासन कार्यलयको काम गर्न आएका सेवाग्राहीलाई रकम जम्मा गर्न सहज हुने भएको छ । बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयहरुले बैंकका गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकको विश्वास छ ।
हाल बैंकले १ सय ९६ वटा शाखा कार्यालय, १ सय ५२ वटा एटीएम, ३५ वटा एक्स्टेन्सन काउण्टर र १९ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्पmत् बैंकिङ्ग सेवा दिँदै आएको छ ।