Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

उपत्यकाका अव्यवस्थित तारलाई व्यवस्थापन गर्दै सरकार

उपत्यकाका अव्यवस्थित तारलाई व्यवस्थापन गर्दै सरकार

काठमाडौँ ८ कात्तिक । उपत्यका भित्र अव्यवस्थित रुपमा झुण्डीका तारहरुलाई सरकारले व्यवस्थित गर्ने भएको छ । शहरी क्षेत्रमा समस्या पैदा भएको भन्दै सरकारले पहिलो चरणका काठमाडौँ उपत्यकाका १५ स्थानमा नमूना परियोजनाको रुपमा टेलिफोन, इन्टरनेट सेवा प्रदायको तार भूमिगत गर्ने भएको हो। कात्तिक ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

मन्त्री बाँस्कोटाका अनुसार पहिलो चरणमा विमानस्थल, कलङ्की, सिनामङ्गल, पुतलीसडक, सिंहदरबार हुँदै थापागाउँ, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, त्रिपुरेश्वर हुँदै महाराजगञ्ज, विमानस्थलदेखि कलङ्कीसम्म, सिंहदरबार पुतलीसडकको क्षेत्रमा रहेका अव्यवस्थित टेलिफोनका तार तथा अन्य सेवा प्रदायकको तार भूमिगत गरिने छ । भूमिगत गर्नका लागि सरकारले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । आगामी दिनमा देशव्यापी रुपमा नै तार भूमिगत गरिनेछ ।

त्यसो छ प्राधिकरणले गत भदौ ११ गते नै इन्टरनेट सेवा प्रदायक, केबुल अपरेटर तथा अन्य सङ्घ÷संस्थाले टेलिफोन तथा बिजुलीको खम्बामा अव्यवस्थित हिसाबले राखिएका तार व्यवस्थित गर्न निर्देशन दिएको थियो । ्शहरको सुन्दरतामै असर पर्ने गरी तार झुण्डाउने तथा सडक पार गराउनेलगायतका कार्य गर्दा शहरको सुन्दरतामा असर पुग्नुको साथै आगलागीसमेत भई गम्भीर दुर्घटना भइरहेको प्राधिकरणको भनाइ थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x