Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

सामाजिक सुरक्षा कोषबाट पाईने भयो कर्जा सुविधा

सामाजिक सुरक्षा कोषबाट पाईने भयो कर्जा सुविधा

काठमाडौ ८ कात्तिक । अब देखि सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई कर्जा प्रदान गर्ने भएको छ । कोषले लगानी कार्यविधि निर्माण गर्दे कर्जा सुविधा उपलब्ध गराउँने व्यवस्था गरेको कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीले बताए । उनका अनुसार कार्यविधि कोषको सञ्चालक समितिले पारित गरि सकेको छ । स्वीकृतीका लागि मन्त्रालयमा पुगेको छ ।

कोषले योगदानकर्तालाई सामाजिक, शैक्षिक र घर कर्जा प्रदान गर्ने भएको छ । यसका साथै कोषले श्रमिकबाट संकलन गरिएको योगदान रकमलाई विभिन्न खालका व्यवसायिक भवन, ऋणपत्र, डिबेन्चर, सामूहिक लगानी कोष, ठूला परियोजना, उत्पादन क्षेत्रमा लगानी गर्ने उनले बताए ।

सामाजिक सुरक्षा कोषमा सुचीकृत भएका दुई जना श्रमिकको परिवारले मृत्यू दाबी गरेका छन् । क्लोजर सिस्टम्स ईन्टरनेशनल नेपालका इन्जिनियर रुपेन्द्र थापा र कैरोश क्याफेका प्रकाश तमाङ मोक्तानको मृत्यू भए पछि उनका परिवारले दाबी गरेका हुन् । कोषले परिवारलाई मृतक श्रमिकको आधारभूत पारिश्रमिकको ६० प्रतिशत मासिक रुपमा भुक्तानी गर्ने भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x