Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

राजस्व सचिवमा पुनः ढुंगाना

राजस्व सचिवमा पुनः ढुंगाना

काठमाडौं, ८ कार्तिक । राजस्व सचिवमा पुनः शिशिर ढुंगाना नियुक्त भएका छन् । गत वर्ष प्रधानमन्त्री कार्यालयमा सरुवा भएका उनी पुनः अर्थ मन्त्रालयमा फर्केका हुन् । गत वर्ष पुषदेखि उनी प्रधानमन्त्री कार्यालय मातहतमा कार्यरत थिए ।
ढुंगानाले लामो समय राजस्व प्रशासनमा काम गरेका छन् । तत्कालीन राजस्व सचिव लालशंकर घिमिरेले भदौ दोस्रो साता अवकाश पाएपछि केही समययता राजस्व सचिव रिक्त थियो । ढुंगानालाई अर्थसचिवको जिम्मेवारी दिने गरी अर्थ मन्त्रालयमा ल्याइएको बताइन्छ । अर्थसचिव राजन खनालले माघको तेश्रो साता अवकाश पाउँदैछन् ।

राजस्व सचिवका रुपमा अर्थमन्त्रालयको जिम्मेवारीमा फर्केका ढुंगानालाई राजस्व असुलीको बढ्दो खाडल घटाउने चुनौती छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नै दुई खर्ब ५२ अर्ब रुपैयाँको राजस्व लक्ष्यमध्ये एक खर्ब ९८ अर्ब रुपैयाँ असुली भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x