Date

सोम, बैशाख २४, २०८१
Mon, May 6, 2024

शोधान्तर स्थिति ८ अर्ब ८३ करोड बचतमा

शोधान्तर स्थिति ८ अर्ब ८३ करोड बचतमा

काठमाडौ ७ कात्तिक । मुलुकको शोधान्तर स्थिति ८ अर्ब ८३ करोड रुपैयाँ बचतमा रहेको छ । नेपाल राष्ट्र बैकले जारी गरेको तथ्यांक अनुसार चालु आर्थिक बर्ष २०७६÷७७ को पहिलो दुई महिनाको अवधिमा शोधान्तर स्थित बचतमा देखिएको हो । गत आवको सोही अवधिमा शोधान्तर स्थिति २५ अर्ब ४५ करोडले घाटामा रहेको थियो ।

समिक्षा अवधिमा पूँजीगत ट्रान्सफर २ अर्ब ९६ करोड र प्रत्यक्ष लगानी १ अर्ब ९८ करोड रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा पूँजीगत ट्रान्सफर २ अर्ब ८० करोड र प्रत्यक्ष बैदेशिक लगानी १ अर्ब २३ करोड रुपैयाँ रहेको थियो ।

तथ्यांक अनुसार चालु खाता घाटा २१ अर्ब ७९ करोड रहेको छ । गत आवको सोही अवधिमा यस्तो घाटा २५ अर्ब १६ करोड रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा गत बर्षको दुई महिनासम्ममा ३१ करोड ६६ लाख रहेको चालु खाता घाटा समिक्षा अवधिमा १९ करोड २५ लाख कायम भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x