धानको मूल्य तोक्यो सरकारले
काठमाडौ ८ कात्तिक । सरकारले यसवर्षको धानको न्यूनतम समर्थन मूल्य तोकेको छ। कात्तिक ५ गते बसेको मन्त्रिपरिषद्को् बैठकले धानको समर्थन मूल्य तोकेको हो।
जसअनुसार मोटा धान प्रतिक्विन्टल २ हजार ५ सय ३२ रुपैयाँ ८० पैसा र मध्यम धामको मूल्य प्रतिक्विन्टल २ हजार ६ सय ७३ रुपैयाँ १६ पैसा तोकिएको छ।
गत वर्ष मोटा धानको प्रतिक्विन्टल २ हजार २ सय ३१ रुपैयाँ र मध्यम धानको मूल्य प्रति क्विन्टल २ हजार ४ सय ६० रुपैयाँ तोकिएको थियो।