Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

जापान जान एक लाखको आवेदन, एक हजारले दिए परीक्षा

जापान जान एक लाखको आवेदन, एक हजारले दिए परीक्षा

काठमाडौं, १४ कात्तिक । जापानले केयर गिभर (नर्सिङ) मा खुलाएको रोजगारीमा जान एक लाखले आवेदन दिएकोमा झण्डै एक हजार आवेदनकर्ताले पहिलो चरणमा भाषा र सीपको परिक्षा दिएका छन् । जापान फाउण्डेसनले आइतबार, सोमबार र मंगलबार परिक्षा लिएको हो । आवेदन अत्याधिक भएपछि चिट्ठा प्रणालीमार्फत् एक हजार आवेदनकर्तालाई परिक्षाका लागि योग्य ठहर्याइएको थियो ।

चिट्ठामा धेरैजसोलाई भाषाका लागि, केहीलाई सीपको लागि र केहीलाई भाषा र सीप दुवैमा परिक्षा दिन पाउने चिट्ठा परेको थियो । जापान फाउण्डेसनले तीन चरणमा परिक्षा लिन लागेको छ । अर्को चरणको परिक्षा कार्तिकको १९ देखि २१ गतेसम्म र तेश्रो चरणको परिक्षा कार्तिक २६ देखि २८ गतेसम्म हुनेछ ।

रोजगारीमा जापान जानका लागि भाषा र सीप दुवै परिक्षा उत्तीर्ण गर्नुपर्ने हुन्छ । जापान पाको समाज भएकाले त्यहाँ वृद्धवृद्धाको स्याहारका लागि नर्सिङ केयरका लागि आवश्यक जनशक्ति लैजान लागिएको हो । जापानले विभिन्न क्षेत्रमा रोजगारी खुला गरेको छ । नेपाल र जापानबीच गत चैत ११ गते कामदार आपूर्तिसम्बन्धी समझदारी भएको थियो।

जापानमा रोजगारी खुलेसँगै देशभर लाखौं विद्यार्थीले भाषा अध्ययन गरिरहेका छन्।
जपानले पहिलो चरणमा नेपाललगायत विभिन्न मुलुकबाट जापानमा बसोबास गरिरहेकालाई यो अवसरमा समावेश गराउन जापानभित्रै भाषा र सीपको परिक्षा गराएको थियो। जपानले १४ क्षेत्रमा रोजगारी खुला गरेको छ। कृषि, नर्सिङ केयर, सवारीसाधन मर्मतसम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग क्षेत्रमा कामदार लैजान लागेको छ। यस्तै जापान जाने श्रमिकले खाद्य र पेय पदार्थ उत्पादन, आवास उद्योग, मेसिनरी उद्योग, माछापालन व्यवसाय, औद्योगिक उपकरण उद्योग, इलेक्ट्रिक, इलेक्ट्रोनिक र सूचना प्रविधि उद्योग, बिल्डिङ सरसफाइ व्यवस्थापन, जहाज र जहाज पाटपुर्जा उद्योग एवम् हवाई उद्योगमा काम गर्नुपर्नेछ।

नेपालका लागि नर्सिङ, सरसफाइ, होटल र रेस्टुरेन्टमा अन्य क्षेत्रको तुलनामा बढी अवसर पाइने सम्भावना छ। जापानमा श्रम गर्न चाहने नेपालीले जापानी भाषा र सीप परीक्षा भने अनिवार्य पास गर्नुपर्नेछ। एन फोर तहको अनिवार्य भाषा पास गर्नुपर्छ। नर्सिङका लागि जापानिज ल्यांग्वेज प्रोफिसेन्सी टेस्ट (एन थ्री तहको भाषा परिक्षा) पास गर्नुपर्छ। भाषा र सीप सिकेर जापान जाने नेपाली श्रमिकले त्यहाँ काम गर्दा जापानी नागरिकसरह सेवासुविधा पाउनेछन्। जापानमा मासिक दुई लाखभन्दा बढी पारि श्रमिक पाउँछन्। जापानले आगामी पाँच वर्षभित्र नेपालसहित नौ मुलुकबाट तीन लाखभन्दा बढी कामदार लैजान लागेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x