Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

तीन महिना १७१ मृतक कामदारका परिवारलाई आर्थिक सहयोग

तीन महिना १७१ मृतक कामदारका परिवारलाई आर्थिक सहयोग

काठमाडौं, १४ कात्तिक । चालु आर्थिक बर्षको पहिलो तीन महिनामा बैदेशिक रोजगारीमा ज्यान गुमाएका १७१ जना कामदारका परिवारलाई सरकारले आर्थिक सहयोग उपलब्ध गराएको छ ।
वैदेशिक रोजगार बोर्डले गत साउनमा ६०, भदौमा ६४ र असोजमा ४७ मृतक कामदारका परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको हो ।

वैदेशिक रोजगारीका क्रममा करार अवधिभित्र तथा नेपाल फर्केको एक वर्षभित्र मृत्यु भएका व्यक्तिका परिवारलाई बोर्डले प्रतिमृतकका परिवारलाई ७ लाख रुपैयाँका दरले आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ । सो अवधिमा वैदेशिक रोजगारीका क्रममा अङ्गभङ्ग तथा बिरामी भएका ९८ कामदारको परिवारलाई आर्थिक सहायता वितरण गरिएको छ ।

त्यस्तै कामदारको परिवारका सात जनालाई औषधोपचार सहयोग उपलब्ध गराइएको छ । कामदारको परिवारको सदस्यलाई क्यान्सर, मिर्गौला, मुटु, पार्किन्सन र अल्जाइमर रोगको उपचारका लागि आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ । बोर्डले सामान्य अवस्थाका बिरामीलाई १५ हजार, मध्यम अवस्थाका बिरामीलाई ३० हजार र गम्भीर अवस्था भएमा प्रतिव्यक्ति ५० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

तीन महिनाको अवधिमा वैदेशिक रोजगारीका क्रममा विभिन्न समस्यामा परेर विदेशी भूमिमा अलपत्र परेका १८ कामदारको उद्दारका लागि सम्बन्धित नियोगमा पत्राचार गरिएको बोर्डले जनाएको छ । विभिन्न कारणबाट गन्तव्य मुलुकमा मृत्युवरण गर्न पुगेका ४१ कामदारको शव झिकाउन पत्राचार गरिएको छ ।

सो अवधिमा बोर्डले १८४ कामदारको शव मृतकको घर ठेगानासम्म निःशुल्क ढुवानी गरेको छ । बोर्ड सचिवालयले मृतक कामदारको शव निजको नजिकको हकवालाले दिएको निवेदनअनुसार घर ठेगानासम्म ढुवानी गर्दै आएको छ । बैदेशिक रोजगारमा जाने कामदारबाट बोर्डले कल्याणकारी कोषका लािग निश्चत शुल्क लिदै आएको छ । दुई बर्ष भिसा अवधि भएका कामदारबाट १ हजार ५ सय र सो अवधि भन्दा माथिको भिसा अवधि भएका कामदारबाट बोर्डले २ हजार ५ सय शुल्क लिदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x