भावी गभर्नरका आकांक्षीहरु राजनीतिक लविङमा
काठमाडौं, १३ कात्तिक । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालको पाँच वर्षे कार्यकाल आगामी चैतमा सकिदै छ । गभर्नर नेपालको कार्यकाल सकिन अव पाँच महिना बाँकी छ । तर भावी गभर्नर को होला भन्नेबारे सर्वत्र चर्चा–परिचर्चा हुन थालिसकेको छ ।
अहिलेसम्म भावी गभर्नरकोरुपमा राष्ट्र बैंक सञ्चालक समिति सदस्य सुबोध कर्ण, लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, डेपुटी गभर्नर चिन्तामणी सिवाकोटी सहित आधा दर्जनको नाम चर्चामा छ । गभर्नरको रेशमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष मिन बहादुर श्रेष्ठ, डेपुटी गभर्नर शिवराज श्रेष्ठ, नेपाल बैंकका अध्यक्ष बासु अधिकारी र राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भाष्करमणी ज्ञवाली पनि छन् । उनीहरुले आ–आफ्नो सुत्र मार्फत राजनीतिक लविङ गरिरहेको बुझिएको छ ।
गभर्नर नियुक्तीमा प्रधानमन्त्री र अर्थमन्त्रीको ठुलो हात हुने गर्छ । तर अर्थमन्त्री डा.युवराज खतिवडा कै कार्यकाल आगामी फागुनमा सकिदै छ ।