Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

साना तथा मझौला उद्योग कर्जाका लागि सहकारी कै भरमा

साना तथा मझौला उद्योग कर्जाका लागि सहकारी कै भरमा

काठमाडौं, १८ कात्तिक । नेपालमा सञ्चालित साना तथा मझौला उद्योगहरु कर्जाको लागि सहकारीको भर पर्ने गरेको पाईएको छ । नेपाल राष्ट्र बैकले गरेको अध्ययन अनुसार ५० प्रतिशत साना तथा मझौला उद्योग कर्जाको लागि सहकारी पुग्ने गरेको देखाएको हो ।

नेपालमा सञ्चालित बैकहरुले दिने सेवा जटिल भएका कारण उद्योगहरु सहकारी तर्फ आकर्षित हुने गरेको अध्ययनले देखाएको छ । यद्यपी बैकहरुले साना व्यवसायीहरुलाई कर्जा प्रोत्साहन गर्ने प्रतिबद्धता भने देखाएका छन् ।

राष्ट्र बैंकले ७७ वटै जिल्लाका सहरी क्षेत्रमा सञ्चालित साना तथा मझौला उद्योगमा वित्तीय परिचालनको अवस्थाबारे अध्ययन गरेको थियो । अध्ययन अनुसार सुदूरपश्चिम प्रदेशका साना तथा मझौला उद्योग ऋणका लागि सहकारीको भर पर्नुपर्ने देखिएको छ । सो क्षेत्रका ८५ प्रतिशत साना उद्योगीहरु कर्जाको लागि सहकारीको भर परेको देखिएको छ । गण्डकी प्रदेशका ७८ प्रतिशत उद्योगी सहकारीको भर परेको तथ्यांकले देखाएको छ । प्रदेश नम्बर ३ मा ६८, प्रदेश नम्बर ५ मा ५२, कर्णाली प्रदेशमा ४२, प्रदेश नम्बर दुईमा ३५ र प्रदेश नम्बर १ प्रतिशत उद्योग सहकारीमा जाने गरेको अध्ययनले देखाएको छ ।

केन्द्रीय बैंकको अध्ययनले उद्योग स्थापनाका लागि आवश्यक पर्ने बीउ पुँजी जुटाउनका लागि समेत व्यवसायी सहकारीको सहयोग लिने गरेका छन् । अध्ययन अनुसार ६ प्रतिशतले बीउ पूँजीको लागि सहकारीको पुँजी परिचालन गरेको पाइएको छ । यसैगरी बैंक तथा वित्तीय संस्थाबाट १६ प्रतिशतले र २६ प्रतिशतले आफ्नै आम्दानीबाट सुरुवात गर्ने गरेको पाईएको छ । बैंकहरूबाट ऋण लिने प्रक्रिया लामो र झन्झटिलो हुँदा उद्योगीहरू सहकारीमा जाने गरेका हुन् । यसैगरी, धितोलगायतका समस्याले पनि उद्योगीहरू बैंकको पहुँचमा पुग्न नसकेको अध्ययनले देखाएको छ ।

सरकारले पनि सहकारीमार्फत साना तथा मझौला उद्योग स्थापनाका लागि प्राथमिकता दिँदै आएको छ । कृषिमा आधारित साना तथा मझौला उद्योग स्थापनाका लागि सहकारीलाई पुँजीगत अनुदान प्रदान गर्नुका साथै आवश्यक मेसिन उपकरण आयातमा भन्सार छुटसमेत दिने गरेको छ ।

हाल ३५ हजार सहकारी संस्थामार्फत ७ खर्ब रकम परिचालन भएको सहकारी विभागको तथ्यांक छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x