प्राधिकरणको उद्योगीबाट डेडिकेटेड र ट्रकलाईनको शुल्क उठाउँने निर्णय प्रति उद्योगीहरु असन्तुष्ट
काठमाडौ २० कात्तिक । विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रकलाईन महशुल भुक्तानीका लागि उद्योगी व्यवसायीलाई पत्राचार गरेपछि उद्योगीहरु रुष्ट भएका छन् । प्राधिकरणले अव्यवहारिक रुपमा प्रयोग नै नगरेको विद्युतको महसुलको लागि प्राधिरकणले ताकेता गरेको उनीहरुले आरोप लगाएका छन् ।
प्राधिकरणको गत शनिबार बसेको सञ्चालक समितिको बैठकले उद्योगीबाट डेडिकेटेड र ट्रकलाईन महसुल बापतको ११ अर्ब रुपैयाँ उठाउँने निर्णय गरेको थियो । प्राधिकरणले किस्ता किस्तामा रकम संकलन गरिने समेत निर्णय गरेको थियो । तर, उद्योगीहरुले भने सबैले यो खालको सुविधा प्रयोग नगरेको बताए । जस जसले प्रयोग गरेको उसबाट भुक्तानी गर्न जायज भए पनि प्रयोग नै नगरेको व्यवसायीलाई ताकेता गर्नु अव्यवहारिक भएको उनीहरुले गुनासो गरे । प्राधिकरणले कुनै पनि उद्योगीलाई २४ घण्टा विद्युत उपलब्ध नगराएको, आवश्यक परेमा उद्योगीलाई जेनेरेटर प्रयोग गरेको बताएका छन् ।
प्राधिकरणले यस्तो निर्णयलाई लिएर उद्योगीहरु प्रधानमन्त्री केपी शर्मा ओली र उर्जा मन्त्री बर्षमान पुनलाई भेट्ने प्रयासमा छन् ।