सुनको मूल्य घट्ने क्रममा, आज पनि ६ सय घट्यो

काठमाडौं, २० कात्तिक । तिहार सकिएसँगै स्थानीय बजारमा सुनको मूल्य क्रमश घटिरहेको छ । आज पनि सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रति तोलामा ६ सय रुपैयाँले घटेर ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो छापावाला सुनको मूल्य तोलामा ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, तेजाबी सुनको मूल्य पनि तोलामा ६ सय रुपैयाँले नै घटेको छ। महासंघका अनुसार तेजावी सुन आज ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *