Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

विकास बजेट खर्च निराशाजनक, दोस्रो चौमासिकबाट खर्च बढ्ने अर्थमन्त्रीको विश्वास

विकास बजेट खर्च निराशाजनक, दोस्रो चौमासिकबाट खर्च बढ्ने  अर्थमन्त्रीको विश्वास

काठमाडौं, २० कात्तिक । चालु आर्थिक वर्षमा केन्द्र सरकारको विकास बजेट खर्च निराशाजनक देखिएको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिक सकिनै लाग्दा ६ प्रतिशत भन्दा कम विकास बजेट खर्च भएको छ। सरकारले चालु वर्षका लागि ४ खर्ब ८ अर्व रुपैयाँ विकास बजेट छुट्याएकोमा झन्डै २२ अर्व ३६ करोड रुपैयाँ मात्रै खर्च भएको छ ।

विकास खर्चको तुलनामा चालु खर्च निकै बढी छ । सरकारले चालु खर्च तर्फ ९ खर्ब ५७ अर्व रुपैयाँ बजेट बिनियोजन गरेको छ । त्यस मध्ये १ खर्ब ७४ अर्व रुपैयाँ बजेट खर्च भइसकेको छ। यो रकम कुल चालु खर्चको १८ प्रतिशत भन्दा बढी हो ।

चालु वर्षमा विकास खर्च कमजोर हुनुका कारणबारे यस्तो छ अर्थमन्त्रीको तर्क ।

https://youtu.be/gcUZ2tzPwiU



अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x