Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सुदूरपश्चिम प्रदेश सरकारले सवा ६ करोडमा किनेका १६ एम्बुलेन्स बितरण

सुदूरपश्चिम प्रदेश सरकारले सवा ६ करोडमा किनेका १६ एम्बुलेन्स बितरण

धनगढी, २० कात्तिक । सुदूरपश्चिम प्रदेश सरकारले सवा ६ करोडमा किनेका १६ वटा एम्बुलेन्स बितरण गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले आज ९ वटै जिल्लाका १६ अस्पताल र स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

एम्वुलेन्स हस्तान्तरण गर्दै सुदूरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री कृष्णराज सुवेदीले अव सुदूरपश्चिम प्रदेशमा एम्बुलेन्स अभावले बिरामीले ज्यान गुमाउनु नपर्ने बताए । प्रदेशको स्वास्थ्य सेवालाई गुणस्तरीय तथा छिटोछरितो बनाउने उद्देश्यका साथ मन्त्रालयले खरिद गरेका एम्बुलेन्स वितरण गरिएको छ ।

सुदूरपश्चिमका अधिकांश स्वास्थ्य संस्थाका एम्बुलेन्समा साइरन र अक्सिजन सिलेन्डर बाहेकका सुविधा नभएको अवस्थामा नयाँ बितरण गरिएका १६ वटा एम्बुलेन्समा फुल एसी सहित मुटुको धड्कन नाप्ने मनिटर, अक्सिजन सिलिन्डर, सुरक्षाका अन्य थुप्रै उपकरण लगायतको सुविधा रहेको छ । एम्वुलेन्स चालकलाई तालिम प्रदान भइरहेको सुदूरपश्चिम स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए ।

सामाजिक विकास मन्त्रालयलेसेती प्रादेशिक अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र कमल बजार अछाम, जोजबुडा अस्पताल डडेल्धुरा, जिल्ला अस्पताल दार्चुला, बैतडी र बझाङ, टाटे स्वास्थ्य चौकी बाजुरा, रुद्रेश्वर स्वास्थ्य चौकी बैतडी, खार स्वास्थ्य चौकी दार्चुला, रायल स्वास्थ्य चौकी बझाङ, नवदुर्गा स्वास्थ्य चौकी डडेल्धुरा, डोटीमा जिल्ला अस्पताल र चवराचौतार स्वास्थ्य चौकी, अछामको जिल्ला अस्पताल, बाब्ला स्वास्थ्य चौकी, बान्नीगढीमा एम्बुलेन्स वितरण गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x