Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सेयर बजार घट्ने क्रम आज पनि रोकिएन

सेयर बजार घट्ने क्रम आज पनि रोकिएन

काठमाडौं, २० कात्तिक । सेयर बजार घट्ने क्रम आज पनि रोकिएन । आज बजार १.४४ अंकले घटेर ११३८.०२ को बिन्दुमा रोकिएको छ।

कारोबारमा आएका मध्ये ट्रेडिङ्ग, जीवन बीमा, माइक्रोफाइनान्स र म्यूचुअल फन्ड समूहको उपसूचकमा गिरावट आएको छ भने अन्य बाँकी उपसूचकहरुमा बृद्धि भएको छ ।

सेयर कारोबार २१ करोड रुपैयाँ भन्दा कम नै भएको छ। १ सय ६० कम्पनीको २० करोड ५२ लाख रुपैयाँ बजारको सेयर कारोबार भएको छ। त्यसमा पनि सबैभन्दा धेरै प्रभु बैंकको ४ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

आज सबैभन्दा धेरै कमाउनेमा भने साल्ट ट्रेडिङ्ग कर्पोरेशनका लगानीकर्ताहरु परेका छन् भने सबैभन्दा धेरै गुमाउनेमा महालक्ष्मी विकास बैंकका लगानीकर्ताहरु परेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x